Rule 22
नमूना संकलन गर्न वा वन्यजन्तु र पंक्षीहरू पक्रन वा शिकार गर्न इजाजतपत्र लिनु पर्ने
१ वैज्ञानिक अनुसन्धानको लागि कुनै वन्यजन्तु वा पंक्षी पक्रन वा शिकार गर्न वा अरु कुनै कीट(किटाणु माछा वा कुनै प्राकृतिक उपज संकलन गर्न चाहने व्यक्तिले प्रमुख समक्ष दरखास्त दिनु पर्नेछ ।
२ उपनियम १बमोजिम दरखास्त दिने व्यक्ति कुनै मान्यता प्राप्त अध्ययन संस्थान वा चिडियाखाना वा वैज्ञानिक अनुसन्धानशालाको अधिकारी भएमा र त्यस्तो व्यक्तिले देहाय बमोजिम गरी पक्रन वा रेखदेख गर्न सक्छ भन्ने विश्वास भएमा ऐनको अनुसूची(१ मा उल्लिखित वन्यजन्तु वा पंक्षी बाहेक अरुको हकमा अनुसूची(२ बमोजिमको दस्तुर लिएर प्रमुखले सम्बन्धित वन्यजन्तु पंक्षीको शिकार गर्न वा कीट(किटाणु पक्रन इजाजतपत्र दिन सक्नेछस्(
(क) दरखास्तवालाले सम्बन्धित वन्यजन्तु पंक्षी वा कीट(किटाणु पक्रने वा संकलन गर्ने कार्यको आफै उपस्थित भई वा सो काममा दक्ष प्रतिनिधि पठाई सुपरीवेक्षण गर्ने भएमा,
(ख) सम्बन्धित वन्यजन्तु वा पंक्षी पक्रने तरिका मनासिव तथा जरुरत भन्दा बढी दुस्ख नदिने किसिमको भएमा,
(ग) पक्रेको वन्यजन्तु वा पंक्षीहरूको उचित रेखदेख वा ओसार(पसार गर्न सक्ने क्षमता भएमा ।
३ उपनियम २ बमोजिम दिइने इजाजतपत्रको म्याद साधारणतया तीन महिनाको हुनेछ । प्रमुखले मुनासिव देखेमा थप म्याद दिन सक्नेछ र यसरी म्याद थप्दा थप शर्त समेत तोक्न सक्नेछ ।